सनातनी

in #jayahos • 21 days ago

" म " ?
सत्य खोज्छु, ज्ञान खोज्छु, चेतनाको गहिराइ,
शिवभक्ति छ हृदयभित्र, प्रेमको अनन्त लहराइ।
प्रश्न गर्छु, तर्क गर्छु, चित्त नबुझी मान्दिनँ,
सत्य भेट्ने प्यास छ मनमा, झूटको बाटो जान्दिनँ।
देशको माया, मानव सेवा, मनमा एउटै भाव,
ईश्वरप्रतिको अटुट भक्ति, जीवनको स्वभाव।
मुक्ति होइन, भक्ति चाहिन्छ, चरणमा बास पाऊँ,
जन्मजन्म प्रभुकै बनी, प्रेमको दीप जलाऊँ।
आलस्यले बाटो छेक्छ, संकल्पले डोर्‍याउँछ,
सत्य खोज्ने मेरो मनले, आफ्नै भित्र चियाउँछ।
न आफूलाई ज्ञानी भन्छु, न जान्दछु सबै कुरा,
प्रभु तिम्रै शरणमा बितोस्, जीवनको साँझ-बिहान पूरा। 🔱

Sort:  
Loading...
Loading...