सनातनी

in #jayahos • 23 days ago

चाहना
मुक्ति मेरो अन्तिम चाहना,
न स्वर्ग मेरो अभिलाषा।
प्रभु! तिमी नै प्रिय बनिरह,
तिम्रै प्रेम बनोस् मेरो श्वास।
तिमीलाई पाउनु मात्र होइन,
तिम्रै हुन पाऊँ प्रभु।
मेरो अन्तिम संकल्पमा होइन,
जीवनको प्रत्येक पलमा तिमी नै रहू। 🙏❤️