सनातनी

in #jayahos • 17 days ago

वैदिक सनातन धर्मको मूल मर्म: पूर्वजन्म र पुनर्जन्ममा विश्वास !
हामी वैदिक सनातन धर्ममा विश्वास गर्दछौं । वैदिक सनातन धर्मालम्बीहरु पूर्वजन्म र पुनर्जन्ममा विश्वास राख्ने गर्दछ्न् । यो जन्ममा अत्यन्तै कठोर कर्म गर्दा पनि कतिपय मानिसहरूलाई जीवन धान्न मुस्किल परिरहेको हुन्छ भने कतिपय व्यक्तिले सामान्य कर्म गरेको भरमा राम्रो कमाई गरेको देखिन्छ । यस्तो हुनुमा पूर्व जन्मको कर्मको प्रभाव हो भनी वैदिक धर्मले संकेत गरेको छ । त्यसैले हामीले मृत्युपछिको जन्मलाई सुधार्न समेत असल कर्म गर्नुपर्दछ । बालगुरु पनि भन्नुहुन्छ-
“जन्म पछि गरिने कर्म र धर्म नै मृत्युपछिको अनमोल सम्पत्ति हो।"
-योगी चैतन्य आदित्यनाथ